 प्रतिनिधिसभाको बैठक।
                             प्रतिनिधिसभाको बैठक। 
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने माग गर्दै आएको दुवै दलले संसद् बहिष्कार गरेका हुन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै रास्वपा सांसद हरि ढकाल र राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गरेका थिए। त्यसपछि दुवै दलका सांसदहरू बैठकबाट बाहिरिएका थिए। दुवै दलले लेखकमाथि छानबिनको माग राखेर दुई महिनाभन्दा बढी समयदेखि संसद् बैठक बहिष्कार गर्दै आएका छन्।
                            प्रकाशित: १८ भदौ  २०८२ १३:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 