रास्वपा त्याग्दै सुमनाले भनिन्- मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडेँ

हिमाल प्रेस २९ भदौ २०८२ १२:२६ | Sunday, September 14, 2025
रास्वपा त्याग्दै सुमनाले भनिन्- मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडेँ शिक्षामन्त्री सुमना श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी त्याग गरेकी छन्। आइतबार पार्टी केन्द्रीय समितिको फेसबुक ग्रुपमा  श्रेष्ठले रास्वपा त्यागेको जानकारी गराएकी हुन्।

उनले त्यहाँ लेखेकी छन्,‘अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडेँ।’

उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ। उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन्।

‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने?’ उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूकाविरुद्धमा मिडिया ट्रायल गर्ने?’

प्रकाशित: २९ भदौ २०८२ १२:२६ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast