‘राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको बाटो पहिल्याउनु पर्छ’

हिमाल प्रेस २६ भदौ २०८२ १५:४९ | Thursday, September 11, 2025
‘राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको बाटो पहिल्याउनु पर्छ’ फाइल तस्बिर

काठमाडौँ- वृहत् नागरिक आन्दोलनले राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता रहेको बताएको छ।

अहिलेको संगीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने सबैभन्दा बलियो किल्ला संविधान रहेको बताउँदै वृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा क्रान्तिको सफलताको बाटो पहिल्याउनु आवश्यक रहेको बताएको हो।

अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरूद्ध निरन्तर सतर्कतासाथ अगाडि बढ्नुको विकल्प नभएको वृहत् नागरिक आन्दोलनले जनाएको छ।

नेपाली सेनाको भूमिका खेदपूर्ण रहेको भन्दै उसले अविलम्ब सच्चाउन माग गरेको छ।

‘जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भैतिक,आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले पनि यी तत्वहरूसँग सहकार्य गरिरहे उनी पनि प्रतिक्रान्तिका नायकका रुपमा चिनिने वृहत् नागरिक आन्दोलनले जनाएको छ।

‘यदि कामपा मेयर बालेनले पनि यितै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई प्रतिक्रान्तिका नायक भनेर चन्नेछौँ। उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारुन्,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २६ भदौ २०८२ १५:४९ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast