रामेछापमा आज साँझसम्म निषेधाज्ञा

हिमाल प्रेस २७ भदौ २०८२ ९:०९ | Friday, September 12, 2025
रामेछापमा आज साँझसम्म निषेधाज्ञा

काठमाडौँ- रामेछापमा शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार दिनभर निषेधाज्ञा जारी गरेका हुन्।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको निषेधाज्ञाअनुसार जिल्लाभर प्रदर्शन, जुलुस, हुलदंगा, घेराउ वा पाँचजनाभन्दा बढी व्यक्तिहरू भेला भएर विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ।

यसअघि बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लाका केही क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरिएको थियो।

प्रकाशित: २७ भदौ २०८२ ९:०९ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast