राजस्व अनुसन्धान कार्यालयमा आगजनीपछि लुटपाट गरिएको दुई लाख र सुनचाँदी फिर्ता

हिमाल प्रेस ३१ भदौ २०८२ १५:२० | Tuesday, September 16, 2025
राजस्व अनुसन्धान कार्यालयमा आगजनीपछि लुटपाट गरिएको दुई लाख र सुनचाँदी फिर्ता

नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिका-११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको रु दुई लाख ५२ हजार नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि, समाजसेवीको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको इप्रका, कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्।

राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार रु एक लाख १७ हजार र ८४ हजार भारतीय रुपैयाँ इलाका प्रहरी कार्यालय, कोहलपुरमा फिर्ता गरेको उनले बताइन्। उक्त रकम, सुन र चाँदी पीडित परिवारलाई फिर्ता गरिएको छ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो। प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका-२ बाट रु सात लाख ६६ हजारसहित कोहलपुर-५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका-१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो।

प्रकाशित: ३१ भदौ २०८२ १५:२० | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast