यी स्थानमा आज छ बाढीको जोखिम

हिमाल प्रेस १ असोज २०८२ १०:२० | Wednesday, September 17, 2025
यी स्थानमा आज छ बाढीको जोखिम फाइल तस्बिर

काठमाडौँ- आज बुधबार पनि देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ तर बढ्ने सम्भावना छ।

आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रूपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोटी, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

त्यसैगरी आज इलाम, झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।

प्रकाशित: १ असोज २०८२ १०:२० | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast