यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]

हिमाल प्रेस ५ असोज २०८२ ११:४१ | Sunday, September 21, 2025
यस्ताे छ ‘हरिबहादुरको जुत्ता’ काे ट्रेलर [भिडियाेसहित]

काठमाडौँ- फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट १२ सेकेन्डको ट्रेलरमा वरिष्ठ अभिनेता हरिवंश आचार्य मुख्य केन्द्रमा छन्। उनले नै हरिबहादुरको पात्रमा काम गरेका हुन्। फिल्मको कथा नै हरिबहादुर पात्र वरिपरि घुमेको देखिन्छ। ट्रेलरमा पनि हरिबहादुरकै पारिवारिक जीवनलाई कमेडी शैलीमा प्रस्तुत गरिएकाे छ।

फिल्ममा समसामयिक विषयवस्तुसँगै राजनीतिक परिवेश पनि जोडिएको छ। फिल्ममा स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायत कलाकारको अभिनय गरेका छन्।

दीपेन्द्र के खनाल निर्देशित फिल्म यही असोज १३ अर्थात् फूलपातीको दिन प्रदर्शन हुनेछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्णबहादुर थापाले छायांकन गरेको फिल्म नहकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीतमा बनेको छ।

प्रकाशित: ५ असोज २०८२ ११:४१ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast