मोटरसाइकलको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

हिमाल प्रेस ६ असोज २०८२ १९:०९ | Monday, September 22, 2025
मोटरसाइकलको ठक्करबाट झापामा पैदलयात्रीको मृत्यु

भद्रपुर (झापा)- यहाँको दमक नगरपालिका-५, आम्दा रोडस्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ।

बिहान करिब ९ बजे आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेकी सोही नगरपालिका–५ बस्ने ४२ वर्षीया देवी बिकलाई ठक्कर दिएको  थियो।

ठक्करबाट गम्भीर घाइते भएकी बिकलाई उपचारका लागि खरखरे आम्दा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका–६ का २३ वर्षीय  निराजन विष्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ६ असोज २०८२ १९:०९ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast