 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभावकर) ले जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले गरेको दमनको निन्दा गरेका छन्। गोली लागेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
शर्माले घाइतेहरूको तत्काल उपचार सुनिश्चित गर्न सरकारसँग माग गर्दै भने, ‘आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ। सरकार ढिलाइ गर्छ भने त्यो आत्मघाती कदम हुनेछ।’
उनले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने, कूटनीतिक पहलमार्फत दर्ता प्रक्रिया अगाडि बढाउनुपर्ने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने बताए। यससँगै २०४६ सालदेखि अहिलेसम्मका सम्पूर्ण सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नुपर्नेमा उनले जोड दिए।
शर्माले सरकार र राजनीतिक दलहरूलाई गम्भीर बन्न र आफ्ना कमजोरी स्वीकार गर्दै जनतासँग माफी माग्न पनि आग्रह गरे। उनले आन्दोलनकारीलाई संयमित र शान्तिपूर्ण ढंगले आन्दोलन सञ्चालन गर्न अपिल गरेका छन्।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 