महाराजगञ्ज इलाकाबाट लुटिएका थप हतियार बरामद

हिमाल प्रेस २५ भदौ २०८२ १९:२१ | Wednesday, September 10, 2025
महाराजगञ्ज इलाकाबाट लुटिएका थप हतियार बरामद

काठमाडौँ- नेपाली सेनाले महाराजगञ्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिसहित सात नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, ब्युनेटलगायत एसेसरिज तथा व्यक्तिगत सामग्रीहरू बरामद गरेको छ।

साथै विशेष सूचनाका आधारमा बालाजु माछापोखरी इलाकाबाट थप १ (एक) नाल हतियार बरामद गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ । हालसम्म ७३ नाल हतियार बरामद भएको छ।

यसै गरी, काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दीको नेपाल प्रहरीसँग झडप भएकामा हाल स्थिति नियन्त्रणमा आएको छ।

त्यसै गरी डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको प्रयासमा नियन्त्रणमा आएको सेनाले जनाएको छ। सुरक्षा फौजले विभिन्न जिल्लामा कारागारबाट फरार कैदीबन्दीमध्ये सप्तरीमा चार, सुनसरीमा २०२, रुकुम (पश्चिम) मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा चार जनालाई पक्राउ गरेको छ।

प्रकाशित: २५ भदौ २०८२ १९:२१ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast