फाइल तस्बिर
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत गरेका छन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा महान्यायाधिवक्ता बडालले भदौ २४ गतेदेखि लागू हुनेगरी पदबाट दिएको राजीनामा स्वीकृत भएको जनाइएको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिएका थिए। प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन रहेको छ।
प्रकाशित: २९ भदौ २०८२ १८:१९ | Sunday, September 14, 2025
प्रतिक्रिया



