मन्त्री घिसिङले भेटे जेनजी आन्दोलनका मृतकका परिवार

हिमाल प्रेस १ असोज २०८२ ११:४६ | Wednesday, September 17, 2025
मन्त्री घिसिङले भेटे जेनजी आन्दोलनका मृतकका परिवार

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन्।

मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटेका हुन्। भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी, सर्वसाधारण र सुरक्षाकर्मीसहित ७० बढीको मृत्यु भएको छ। उनीहरूलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको छ।

प्रकाशित: १ असोज २०८२ ११:४६ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast