मन्त्रीहरूले गरे सर्वोच्च अदालतको निरीक्षण

हिमाल प्रेस १ असोज २०८२ १८:२१ | Wednesday, September 17, 2025
मन्त्रीहरूले गरे सर्वोच्च अदालतको निरीक्षण

काठमाडौँ- सरकारका मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन्।

ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल बुधबार अपराह्न सर्वोच्च पुगेर क्षतिको अवस्थाबारे जानकारी समेत लिए। मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए।

उनले क्षतिको मूल्यांकन गरेर अघि बढ्ने जानकारी दिए। मन्त्री घिसिङले सर्वाेच्च अदालतको बनिरहेको नयाँ भवन चार पाँच महिनाभित्र निर्माण सम्पन्न हुने भएकाले त्यहीँबाट पूर्ण सेवा सुरु हुने उल्लेख गरे।

उनले आगजनीबाट ध्वस्त भएका र बिग्रिएका सामानहरूको छिटो मुचुल्का उठाएर व्यवस्थापन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए। जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले भवन परिसरमा टेन्ट टाँगेर सेवा दिइरहेको छ।

प्रकाशित: १ असोज २०८२ १८:२१ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast