मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्की परामर्शमा

हिमाल प्रेस ५ असोज २०८२ १०:२१ | Sunday, September 21, 2025
मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्की परामर्शमा प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारका लागि परामर्शमा जुटेकी छन्। सरकारमा सहभागी हुने प्रतिनिधिको नाम जेनजीले बुझाएसँगै मन्त्री छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

भोलि घटस्थापनाको दिन नयाँ मन्त्रीहरूलाई शपथ गराउने तयारी गरिएको छ। जेनजीले पठाएका नामहरूसँगै बाँकी मन्त्रालयमा जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको र केही नाममा मात्र निर्णय हुन बाँकी रहेको बताइएको छ। अन्तिम निर्णय भने प्रधानमन्त्री कार्कीले नै गर्नेछिन्।

प्रधानमन्त्रीको सचिवालयले समावेशी र प्रतिनिधिमूलक सरकार बनाउनका लागि केही ढिलाइ भए पनि भोलिसम्म मन्त्रिपरिषद् पूर्ण हुने जनाएको छ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गरेकी थिइन्।

यसैबीच प्रख्यात वैज्ञानिक डा. महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाउनेबारे पनि चर्चा छ।

प्रकाशित: ५ असोज २०८२ १०:२१ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast