 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर।
                             नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर। 
                                            काठमाडौँ- नेपाली कांग्रेसले मनाङ उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ। आइतबार सभापति देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति देउवालाई दिएको जानकारी दिए।
मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो। यसअघि यो क्षेत्रबाट निर्वाचित भएका राजीव गुरूङ (दीपक मनाङे) पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो।
कांग्रेस बैठकले मनाङ उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्न सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी मुख्य सचिव पौडेललाई दिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 