मणिपुर पुगेर मोदीले भने – हामी नेपालसँग मिलेर अगाडि बढिरहेका छौँ

हिमाल प्रेस २८ भदौ २०८२ १९:१२ | Saturday, September 13, 2025
मणिपुर पुगेर मोदीले भने – हामी नेपालसँग मिलेर अगाडि बढिरहेका छौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी/ फाइल तस्बिर

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतको घनिष्ठ मित्र रहेको बताएका छन्। पूर्वोत्तर राज्य मणिपुर पुगेका उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री मोदीले अन्तरिम सरकारका प्रधानमन्त्रीको रुपमा पदभार सम्हालेकी सुशीला कोइरालाई १४० करोड भारतवासीको तर्फबाट बधाई दिइरहेको बताए। कार्कीले नेपालमा शान्ति, स्थिरत र समृद्धिको मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको मोदीले जिकिर गरे।

प्रधानमन्त्री मोदीको सम्बोधनको अंश :

साथीहरू, आज मणिपुरको यो भूमिबाट म नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहासद्वारा जोडिएका छौँ, आस्थाद्वारा जोडिएका छौँ र सँगै मिलेर अगाडि बढिरहेका छौँ।

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो। म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो।

साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ जसमा मानिसहरूले ध्यान दिएका छैनन्। पछिल्ला दुई-तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन्। मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।

प्रकाशित: २८ भदौ २०८२ १९:१२ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast