भाटभटेनी लुटपाट घटनामा संलग्न देखिएका कालिका मानवज्ञान माविका शिक्षक बर्खास्त

हिमाल प्रेस २९ भदौ २०८२ ११:०५ | Sunday, September 14, 2025
भाटभटेनी लुटपाट घटनामा संलग्न देखिएका कालिका मानवज्ञान माविका शिक्षक बर्खास्त

काठमाडौँ- बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिवशंकर शुक्लालाई तत्काल पदबाट बर्खास्त गरेको छ।

विद्यालयले एक सूचना जारी गर्दै भदौ २४ गते जेनजीको प्रदर्शनमा शुक्ला सहभागी भएको र बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा देखिएको अनियमित गतिविधिमा समेत संलग्न रहेको प्रमाणित भएकाले उनलाई विद्यालयको आचारसंहिता तथा नियमविपरीत कार्य गरेको ठहर गरिएको जनाएको छ।

प्रधानाध्यापक दिनेश थापाले हस्ताक्षरित सूचनामा शुक्लालाई भदौ २८ गतेदेखि लागू हुनेगरी बर्खास्त गरिएको उल्लेख गरिएको छ।

प्रकाशित: २९ भदौ २०८२ ११:०५ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast