भागेका कैदीबन्दीहरूलाई प्रहरीले भन्यो– यथाशीघ्र सम्पर्कमा आउनु

हिमाल प्रेस २६ भदौ २०८२ १६:०८ | Thursday, September 11, 2025
भागेका कैदीबन्दीहरूलाई प्रहरीले भन्यो– यथाशीघ्र सम्पर्कमा आउनु

काठमाडौँ- नेपाल प्रहरीले फरार कैदीबन्दी तथा थुनुवाहरूलाई तत्काल सम्पर्कमा आउन अनुरोध गरेको छ।

जेनजी आन्दोलनका क्रममा विभिन्न कारागार तथा नेपाल प्रहरीका कार्यालय र ईकाइबाट भागेका कैदीबन्दी र थुनुवाहरूलाई सम्पर्कमा आउन नेपाल प्रहरीले अनुरोध गरेको हो।

जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागार र प्रहरी कार्यालयहरूबाट कैदीबन्दी तथा थुनुवाहरू फरार भएका छन्। कैदी भगाउने कार्यमा आफूहरूको संलग्नता नभएको जेनजीले प्रष्टिकरण दिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति निकालेर फरार कैदीबन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा सम्पर्कमा आउन अनुरोध गरेको छ।

‘… अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू भागी, निस्केकाले यस्ता अभियुक्त र कैदीबन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा समेत यथाशीघ्र सम्पर्कमा आउनु हुन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २६ भदौ २०८२ १६:०८ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast