भाइटीकामा सर्‍याे ‘जारी २’

हिमाल प्रेस १ असोज २०८२ ११:०३ | Wednesday, September 17, 2025
भाइटीकामा सर्‍याे ‘जारी २’

काठमाडौँ- फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ यस वर्षको भाइटीकामा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ६ मा भाइटीकाको दिन प्रदर्शन गर्ने घोषणा गरेको छ।

यसअघि फिल्म असोज ३ मा संविधान दिवसको अवसरमा प्रदर्शन गर्ने भनिएको थियो। जेनजी पुस्ताको आन्दोलनले फिल्म प्रचारमा समय नपुगेको भन्दै उक्त मिति पोसपोण्ड गरेको निर्देशक उपेन्द्र सुब्बाले बताए।

‘जारी २’ को प्रर्दशन रोकियो

कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। सहायक कलाकारको रुपमा बुद्धि तामाङ, विजय बराल, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय गरेका छन्।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा बनेको फिल्मका निर्मातामा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ छन्। कवि सुब्बाको डेब्यु निर्देशकिय फिल्म ‘जारी’ २०८० सालमा धेरै कमाउने फिल्म पहिलो फिल्म हो।

प्रकाशित: १ असोज २०८२ ११:०३ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast