भदौ २३-२४ का घटनाबारे छानबिन आयोग गठन गर्ने तयारी

हिमाल प्रेस ५ असोज २०८२ ११:०२ | Sunday, September 21, 2025
भदौ २३-२४ का घटनाबारे छानबिन आयोग गठन गर्ने तयारी फाइल तस्बिर

काठमाडौँ- गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति गरिसकेकोमा आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा आयोग गठन गर्ने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

आयोग पूर्वन्यायाधीशको नेतृत्वमा रहने तयारी भइरहेको भए पनि कसको नेतृत्वमा रहने भन्ने टुंगो लाग्न बाँकी छ। भदौ २३ गतेको प्रदर्शनका क्रममा काठमाडौँमै १७ जनाको ज्यान गएको थियो।

देशभर मृतक संख्या अहिले ७४ पुगेको छ। भदौ २४ मा सर्वोच्च अदालत, सिंहदरबारसहितका सरकारी कार्यालय र नेताहरूका निजी निवासमा आगजनी भएको थियो।

यी घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तयारी सरकारले गरेको छ। जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो।

प्रकाशित: ५ असोज २०८२ ११:०२ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast