भदौ २३ को नरसंहार : मृत्यु हुनेको संख्या ३४ पुग्यो

हिमाल प्रेस २६ भदौ २०८२ १७:०२ | Thursday, September 11, 2025
भदौ २३ को नरसंहार : मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा मंगलबार भएको घटनामा परी अहिलेसम्म ३४ जनाको मृत्यु भएको जनाएको छ। यसैगरी एक हजार बढी घाइतेहरुको उपचार भएको विवरण मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ। मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ।

निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेस्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल बिर्तामोडमा एक, बिर्तासिटी अस्पतालमा एक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको छ।

त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ। रासस

प्रकाशित: २६ भदौ २०८२ १७:०२ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast