बिलबिजकबिना सामान किनबेच नगर्न प्रहरीको आग्रह

हिमाल प्रेस १ असोज २०८२ १५:१२ | Wednesday, September 17, 2025
बिलबिजकबिना सामान किनबेच नगर्न प्रहरीको आग्रह प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले बिलबिजकबिना सामान किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा तोडफोड तथा लुटपाट भएका सामग्री अवैध रूपमा बजारमा प्रवेश गर्न सक्ने भन्दै त्यसबारे सचेत रहन सबैलाई अनुरोध गरेको हो।

परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार बिलबिजकबिना सामान किनबेच भए प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।

प्रकाशित: १ असोज २०८२ १५:१२ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast