बालसुधार गृहमा झडप हुँदा बाँकेमा पाँचजनाको मृत्यु

हिमाल प्रेस २५ भदौ २०८२ १०:१० | Wednesday, September 10, 2025
बालसुधार गृहमा झडप हुँदा बाँकेमा पाँचजनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बालसुधार गृहमा भएको झडपमा पाँचजनाको मृत्यु भएको छ। घटनामा दुईजना घाइते भएका छन्।

मृतकहरूमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेको सुधारगृहका प्रमुख श्यामबहादुर रानाले बताए।

मंगलबार राति सुधारगृहमा बन्दीहरू भाग्ने प्रयासमा रहेकाले स्थिति तनावपूर्ण बनेको थियो। सोही क्रममा सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो। घटनामा घाइते भएकाहरूलाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

घाइते दुईजनाको अवस्था गम्भीर छ। सुधारगृहमा रहेका केही युवा भाग्ने प्रयासमा थिए। प्रहरीले रोक्ने प्रयास गर्दा झडप भएको हो। केही बन्दी भाग्न सफल भएका छन् भने केही अझै सुधारगृहभित्रै रहेका छन्।  घटनापछि बाल सुधारगृह र भेरी अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: २५ भदौ २०८२ १०:१० | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast