बाबुरामले भने- संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली कायम गरौँ

हिमाल प्रेस ३ असोज २०८२ ७:०९ | Friday, September 19, 2025
बाबुरामले भने- संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली कायम गरौँ

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानसभामार्फत सर्वभौमसत्ता सम्पन्न नेपाली जनताले जारी गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानले आज १० वर्ष पूरा गरेको अवसरमा संविधान दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता, समृद्धि र प्रगतिप्रति दृढ संकल्पित बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

हाल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा तत्कालीन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले लोकतान्त्रिक स्थिरतानिम्ति संविधान संशोधन आवश्यक भएको उल्लेख गरेका छन्।

भट्टराईले शुभकामना सन्देशमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली कायम गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने,‘लोकतान्त्रिक स्थिरतानिम्ति संविधान संशोधन गरौँ, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली कायम गरौँ।’ डा.भट्टराईले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा २०३७ सालमा राजनीति सुरु गरेदेखि निरन्तर उठाउँदै आएका छन्।

प्रकाशित: ३ असोज २०८२ ७:०९ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast