बागमतीका सभामुख भुवनकुमार पाठकले दिए राजीनामा

हिमाल प्रेस १ असोज २०८२ १२:१५ | Wednesday, September 17, 2025
बागमतीका सभामुख भुवनकुमार पाठकले दिए राजीनामा

काठमाडौँ- बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन्। गत भदौ २३ गते जेनजी प्रदर्शनमा ‘राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेको’ घटनापछि आफू भावविव्हल भएको पाठकले बताएका छन्।

जनताको चाहना र युवापुस्ताको भावना विपरीत पदमा रहनु अनुचित ठानेर भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरे पनि प्राविधिक कारणले तत्काल कानुनी प्रक्रिया पूरा गर्न नसकेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

संविधान र प्रदेशसभा नियमावली, २०७४ अनुसार आज औपचारिक रूपमा सभामुख पदबाट राजीनामा दिएको उनले बताएका छन्। राजीनामासँगै पाठकले बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई अवगत गराइएको जानकारी दिएका छन्।

प्रकाशित: १ असोज २०८२ १२:१५ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast