प्रधानमन्त्रीलाई आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

हिमाल प्रेस २८ भदौ २०८२ १८:३७ | Saturday, September 13, 2025
प्रधानमन्त्रीलाई आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

प्रधानमन्त्री कार्कीले शनिबार अपराह्न अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।

‘प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो। त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ। पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,’ डा. रेग्मीले भने।

प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो। तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन्।

अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन्। गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ। निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २८ भदौ २०८२ १८:३७ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast