पुँजी बजारको समस्या अध्ययन गर्न कार्यदल गठन

हिमाल प्रेस ३ असोज २०८२ १५:०२ | Friday, September 19, 2025
पुँजी बजारको समस्या अध्ययन गर्न कार्यदल गठन अर्थ मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गर्न कार्यदल गठन गरिएको छ। अर्थ मन्त्रालयले तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पेस गर्न शुक्रबार चार सदस्यीय कार्यदल गठन गरेको हो।

धितो बोर्डका कामु कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल तथा सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन्।

कार्यदललाई पाँच दिनभित्र कार्ययोजना पेस गर्ने जिम्मेवारी तोकिएको छ।

प्रकाशित: ३ असोज २०८२ १५:०२ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast