पारिवारिक कथामा बनेको फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

हिमाल प्रेस ३ असोज २०८२ १०:४४ | Friday, September 19, 2025
पारिवारिक कथामा बनेको फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक [भिडियाेसहित]

काठमाडौँ-  फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा जोडिएको छ। फिल्म पारिवारिक कथामा बनेको फिल्मले तामाङ संस्कृतिलाई प्राथमिकता दिएको छ।

मिलन तामाङको निर्देशनमा बनेको फिल्म दसैँको फूलपाती अर्थात् असोजको १३ मा प्रदर्शन हुनेछ। फिल्मकाे कथा रामशरण पाठकले लेखेका हुन्।

फिल्ममा धीरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायत कलाकारको अभिनय छ।

रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्मातामा छन्। रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म सुशन प्रजापतिको डीओपी र सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ।

प्रकाशित: ३ असोज २०८२ १०:४४ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast