पदभार सम्हाल्दै अर्थमन्त्रीको घोषणा : टुक्रे आयोजना खारेज, फजुल खर्च नियन्त्रण

हिमाल प्रेस ३० भदौ २०८२ १३:५८ | Monday, September 15, 2025
पदभार सम्हाल्दै अर्थमन्त्रीको घोषणा : टुक्रे आयोजना खारेज, फजुल खर्च नियन्त्रण

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हाल्दै तयारीविहीन टुक्रे आयोजना खारेज गर्ने घोषणा गरेका छन्। शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार सम्हाल्दै अर्थमन्त्री खनालले यस्तो घोषणा गरेका हुन्।

उनले भने, ‘पूर्वतयारी नभएका आयोजनाहरूलाई अब अगाडि बढाइने छैन। तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ। फजुल खर्च मूल्यांकन गरेर मात्र काम गर्छौँ।’ उनले बजेटमा समावेश टुक्रे आयोजना हटाउन आवश्यक अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमार्फत अघिल्लो पटक दिएका सुझावहरू कार्यान्वयनमा ल्याउन आफू तत्पर रहेको बताए। अर्थ मन्त्रालय परिसरमा रहेका भत्केका संरचना हटाउने तयारी गरिएको पनि उनले जानकारी दिए। उनले भने, ‘हामी खरानीबाट जाग्यौँ भन्ने सन्देश अर्थ मन्त्रालयबाटै दिनेछौँ।’

प्रकाशित: ३० भदौ २०८२ १३:५८ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast