नेसपा नयाँ शक्तिको आकस्मिक बैठक, असोज ८ मा विशेष विस्तारित बैठक बोलाउने निर्णय

हिमाल प्रेस ३० भदौ २०८२ १०:१८ | Monday, September 15, 2025
नेसपा नयाँ शक्तिको आकस्मिक बैठक, असोज ८ मा विशेष विस्तारित बैठक बोलाउने निर्णय

काठमाडौँ- डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) को केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठक बसेर केही महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले हालैको जेनजी आन्दोलन तथा त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्ने उद्देश्यले असोज ८ गते काठमाडौँमा केन्द्रीय समितिको विशेष विस्तारित बैठक आह्वान गर्ने निर्णय गरेको हो।

पार्टीका अनुसार उक्त बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजक तथा जिल्ला संयोजकहरूलाई आमन्त्रण गर्ने निर्णय गरिएको छ।

प्रकाशित: ३० भदौ २०८२ १०:१८ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast