सांकेतिक तस्बिर।
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ।
यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आज (सोमबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। उनका अनुसार बंगलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ।
बंगलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ।
उक्त खेलका लागि भीआईपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय टिकट दर निर्धारण गरिएको छ।
प्रकाशित: १६ भदौ २०८२ १८:२३ | Monday, September 1, 2025
प्रतिक्रिया




