नेपाली सेना सक्रिय, लुटपाटमा संलग्न २६ जना पक्राउ

हिमाल प्रेस २५ भदौ २०८२ ६:५० | Wednesday, September 10, 2025
नेपाली सेना सक्रिय, लुटपाटमा संलग्न २६ जना पक्राउ नेपाली सेनाले नियन्त्रणमा लिएका लुटपाटमा संलग्नहरू। तस्बिर : नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई दृष्टिगत गर्दै विशेष सुरक्षा प्रक्रिया थालेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ।

नेपाली सेनाका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट हालसम्म २६ जना पक्राउ परेका छन्।

हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ परेका छन्।

यसैगरी राधेराधे स्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका छन्।

प्रकाशित: २५ भदौ २०८२ ६:५० | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast