काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत बुधबार जाजरकोटमा जटिल प्रसूति समस्या भएकी एक महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको छ।
जाजरकोटको कुशे गाउँपालिका–२ की २६ वर्षीया गर्भवती महिलालाई स्वास्थ्य अवस्था गम्भीर भएपछि मन्त्रालयको अनुरोधमा नेपाली सेनाले उद्धार गरी सुर्खेत पुर्याएको हो।
मन्त्रालयले गर्भवती तथा सुत्केरी महिलाहरूलाई आकस्मिक अवस्थामा शीघ्र उपचार पहुँच पुर्याउनका लागि यस्तो हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रकाशित: २ असोज २०८२ १५:०४ | Thursday, September 18, 2025
प्रतिक्रिया




