नेपाली सेनाको ट्रक दुर्घटना, १६ जना घाइते

हिमाल प्रेस ३१ भदौ २०८२ १८:५२ | Tuesday, September 16, 2025
नेपाली सेनाको ट्रक दुर्घटना, १६ जना घाइते

 मकवानपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको लु१ग २८० नं को ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले घाइतेको उद्धार गरी उपचारका  लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको जानकारी दिए। रासस

प्रकाशित: ३१ भदौ २०८२ १८:५२ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast