नेपालबारे बोल्यो राष्ट्रसंघ : थप क्षति रोक्न जिम्मेवार बन्न आग्रह

हिमाल प्रेस २५ भदौ २०८२ १३:४४ | Wednesday, September 10, 2025
नेपालबारे बोल्यो राष्ट्रसंघ : थप क्षति रोक्न जिम्मेवार बन्न आग्रह फाइल तस्बिर

काठमाडौँ- राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जेन जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गरी थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह समेत गरेका छन्।

महासचिव गुटेरेसले सामाजिक सञ्जाल एक्समा नेपाल सरकारलाई मानव अधिकार कानूनको पूर्ण पालना गर्न आग्रह गरेका छन्। उनले नागरिकलाई शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न र जीवन तथा सम्पत्तिको सम्मान गर्न पनि आह्वान गरेका छन्। शान्ति पूर्ण विरोध प्रदर्शमा नभएको ज्यादतिबाट यो अवस्था निम्तेको विषयमा भने उनले केही बोलेका छैनन्। यद्यपि उनले विरोध प्रदर्शन, जीवन र सम्पत्तिको सम्मान गर्न भने आग्रह गरेका छन्।

नेपालको पछिल्लो घटनाक्रम र विकसित स्थितिलाई राष्ट्रसंघले नजिकबाट नियालिरहेको पनि उनले बताएका छन् । गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरेका छन्। उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिएका छन्।

प्रकाशित: २५ भदौ २०८२ १३:४४ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast