नेतृत्वले कमजोरी सुधारोस्, आवश्यक परे राजीनामा पनि मागिन्छ : हिक्मत कार्की

हिमाल प्रेस २ असोज २०८२ १३:४५ | Thursday, September 18, 2025
नेतृत्वले कमजोरी सुधारोस्, आवश्यक परे राजीनामा पनि मागिन्छ : हिक्मत कार्की कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की।

विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताएका छन्।

नेकपा एमाले विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै कार्कीले २४ गतेको आन्दोलन जेनजेडको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन भएको टिप्पणी गरे।

उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गरे। जेनजेको भ्रष्टाचारविरुद्ध मागलाई एमाले पनि निरन्तर उठाइरहेको बताए।

‘पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ,’ उनले भने।

प्रकाशित: २ असोज २०८२ १३:४५ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast