नृत्यांगना सीता सुवेदीको निधन

हिमाल प्रेस ७ असोज २०८२ ११:०९ | Tuesday, September 23, 2025
नृत्यांगना सीता सुवेदीको निधन

काठमाडौँ- नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ। मंगलबार (आज) बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको उनको परिवारले बताएको छ।

उनी ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित थिइन्। उपचारकै शिलशिलामा उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन्। सुवेदीको मंगलबार नै दाहसंस्कार गरिने भएको छ।

चितवन घर भएकी सीता सुवेदीले एक गोडाले नाचेर विश्वभर आफ्नो पहिचान बनाएकी थिइन्। उनी एमएस नेपाल इन्टरनेसनल २०२३, क्लासिक डान्सरका साथै गायनतर्फ पनि सक्रिय थिइन्।

बोनम्यारो क्यान्सरका कारण उनले १२ वर्षकै उमेरमा एउटा गोडा गुमाएकी थिइन्। उनी २०४२ सालमा चितवनमा जन्मेकी थिइन्। उनकाे एक छाेरी छन्।

प्रकाशित: ७ असोज २०८२ ११:०९ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast