 
                             
                                            काठमाडौँ- नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ। मंगलबार (आज) बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको उनको परिवारले बताएको छ।
उनी ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित थिइन्। उपचारकै शिलशिलामा उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन्। सुवेदीको मंगलबार नै दाहसंस्कार गरिने भएको छ।
चितवन घर भएकी सीता सुवेदीले एक गोडाले नाचेर विश्वभर आफ्नो पहिचान बनाएकी थिइन्। उनी एमएस नेपाल इन्टरनेसनल २०२३, क्लासिक डान्सरका साथै गायनतर्फ पनि सक्रिय थिइन्।
बोनम्यारो क्यान्सरका कारण उनले १२ वर्षकै उमेरमा एउटा गोडा गुमाएकी थिइन्। उनी २०४२ सालमा चितवनमा जन्मेकी थिइन्। उनकाे एक छाेरी छन्।
                            प्रकाशित: ७ असोज  २०८२ ११:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![हाम्रो समाजले अशक्तलाई ‘तिमी प्रयास गर’ भन्नै सक्दैन : सीता सुवेदी [अन्तर्वार्ता]](https://himalpress.com/wp-content/uploads/2024/07/sita_subedi.png) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 