निर्वाचनमा जानुको विकल्प छैन : शेखर कोइराला

हिमाल प्रेस ४ असोज २०८२ १५:३३ | Saturday, September 20, 2025
निर्वाचनमा जानुको विकल्प छैन : शेखर कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानप्रति आस्था राख्दै आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन्।

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नो निवासको निरीक्षणपछि शनिबार विराटनगरस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले राष्ट्रपतिले संविधान जोगाउन ठूलो सावधानी अपनाएकाले अब निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताए।

संविधान लिक बाहिर गए पनि यसको मूल मर्म सुरक्षित रहेको उल्लेख गर्दै कोइरालाले निर्वाचनमार्फत संवैधानिक मूल्य–मान्यता जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको धारणा राखे। कोइरालाले प्रतिनिधिसभा विघटन संवैधानिक प्रावधानविपरीत भए पनि जेनजी आन्दोलनको भावना आत्मसात गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिए।

डा. कोइरालाले जेनजी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरे। उनले आगजनी गरिएको घर इतिहास भएको भन्दै इतिहास जलेको देख्दा दुःख लागेको बताए।

पार्टी नेतृत्व परिवर्तन र आसन्न महाधिवेशनबारे सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले आफ्नो अडान पुरानै रहेको र उपयुक्त समयमा यसबारे स्पष्ट धारणा सार्वजनिक गर्ने जिकिर गरे।

प्रकाशित: ४ असोज २०८२ १५:३३ | Saturday, September 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast