 
                             
                                            काठमाडौँ- विभिन्न राजनीतिक दलसँग आवद्ध १३ विद्यार्थी संगठनहरूले निःशुल्क र समान शिक्षाको माग गर्दै संयुक्त आन्दोलन घोषणा गरेका छन्। संगठनहरूले सोमबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै शिक्षा सबैको नैसर्गिक र संवैधानिक अधिकार भएको भन्दै त्यसलाई सुनिश्चित गर्न दबाब दिने बताएका छन्।
विद्यार्थी संगठनहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा शिक्षालाई चरम निजीकरणतर्फ धकेल्ने प्रावधान रहेको र यसले सार्वजनिक शिक्षालाई कमजोर बनाउने खतरा देखिएको बताएका छन्। वक्तव्यमा भनिएको छ,‘हामी निःशुल्क र समान शिक्षाको मागसहित आन्दोलनमा उत्रन बाध्य भएका छौं।’
संयुक्त वक्तव्यमार्फत विद्यार्थी संगठनहरूले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र सञ्चारकर्मीलाई निःशुल्क र समान शिक्षाको अभियानमा साथ दिन आह्वान गरेका छन्।
अर्काेतर्फ, निजी विद्यालय सञ्चालकहरूले पूर्ण छात्रवृत्ति र विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने प्रावधान विधेयकबाट हटाउन दबाब दिँदै सडकमा विद्यालय बससहित र्याली निकालेका छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भइसकेको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ।
१३ विद्यार्थी संगठन


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 