नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालन

हिमाल प्रेस ६ असोज २०८२ १८:४३ | Monday, September 22, 2025
नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालन फाइल तस्बिर

चितवन- गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आज ‍(सोमबार) साँझदेखि सञ्चालनमा आएको छ। तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार आइतबार साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राति बन्द गरिएको थियो। आज बिहानदेखि एकतर्फीरुपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजे सम्म पूर्णरुपमा बन्द गरी पहिरो पन्छाइएको थियो।

अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। रासस

प्रकाशित: ६ असोज २०८२ १८:४३ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast