काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन्। श्रेष्ठ हिजो (मंगलबार)देखि बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएकी हुन्।
श्रेष्ठका स्वकीय सचिव भक्तबहादुर चलाउनेले मुटुको सल्यक्रियाको एकवर्षपछि नियमित फलोअपका लागि उनी अस्पताल भर्ना भएकी हुन्।
‘गत वर्ष यति नै बेला मुटुको सल्यक्रिया भएको थियो। अहिले पनि र्याक्सन देखिन थालेकाले अस्पताल भर्ना हुनु भएको हो।’ चलाउनेले हिमाल प्रेससँग भने।
चलाउनेका अनुसार रिपोर्ट आउने क्रममा रहेकाले अस्पताल कति समय बस्नुपर्ने एकिन नभएको जानकारी दिए। ‘हिजोदेखि नै हामी यही छौँ। रिपोर्ट आएको छैन।’ चलाउनेले भने।
प्रकाशित: १८ भदौ २०८२ ९:४६ | Wednesday, September 3, 2025
प्रतिक्रिया





