नरेन्द्र मोदी जीवनकथामा आधारित बायोपिक फिल्म बन्दै

हिमाल प्रेस १ असोज २०८२ १६:१५ | Wednesday, September 17, 2025
नरेन्द्र मोदी जीवनकथामा आधारित बायोपिक फिल्म बन्दै

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित फिल्म बन्ने भएको छ। अभिनेता उन्नी मुकुन्दनले प्रधानमन्त्री मोदीको जीवनमा आधारित फिल्म ‘माँ वन्दे’ को घोषणा गरेका हुन्।

उनले आज प्रधानमन्त्री मोदीको जन्मदिनमा उनकै बायोपिक बनाउने भन्दै ‘सरप्राइज’ दिएका हुन्। फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री मोदीको आज ७५ औं जन्मदिन हो। जन्मदिनको शुभकामनासहित उनले मोदीको भूमिकामा आफूले अभिनय गर्नेसमेत खुलाएका छन्।

उनले बाल्यकालमा मुख्यमन्त्रीको रूपमा मोदीलाई चिने पनि वर्षौपछिमात्र भेट्न पाएको बताएका छन्। ‘मैले उहाँलाई बाल्यकालमा मुख्यमन्त्रीको रूपमा चिनेको थिएँ। वर्षौं पछि, अप्रिल २०२३ मा व्यक्तिगत रूपमा भेट्ने सु-अवसर पाए। त्यो क्षण मेराे अविष्मरणीय बन्याे’, उनले लेखेका छन्।

फिल्ममा मोदीको राजनीतिक व्यक्तित्वभन्दा पनि उनको आमासँगको सम्बन्ध र राजनीतिसम्म आइपुग्नुको संघर्षलाई समेटिने उल्लेख गरेका छन्।

‘एक अभिनेताको रूपमा उनको भूमिकामा पाइला चाल्नु भारी तर गहिरो प्रेरणादायी छ। फिल्ममा हामीले उनको राजनीतिक यात्रा भन्दा परको मानिसलाई खोज्ने लक्ष्य राखेका छौं।’ उनले थप लेखेका छन्।

फिल्म क्रान्ति कुमार सिएचले निर्देशन गर्नेछन्। उनकै कथा रहेको फिल्म सिल्भर कास्ट क्रियसनको ब्यानरमा निर्माण हुनेछ। फिल्मका निर्माता वीर रेड्डी एम हुन्। फिल्म अंग्रजी, तेलुगु, तामिल, मलयालम, कन्नड, गुजराती, मराठी र सबै भारतीय भाषामा प्रदर्शन हुने पोस्टरमा उल्लेख छ।

प्रकाशित: १ असोज २०८२ १६:१५ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast