नयाँ मन्त्रीको शपथ २ बजे, केही मन्त्रीको पृष्ठभूमिका कारण अल्झियो नियुक्ति

हिमाल प्रेस ६ असोज २०८२ ८:३४ | Monday, September 22, 2025
नयाँ मन्त्रीको शपथ २ बजे, केही मन्त्रीको पृष्ठभूमिका कारण अल्झियो नियुक्ति प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् । तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले बतायो।

प्रधानमन्त्री स्रोत बालुवाटारका अनुसार केही मन्त्री विवादित पृष्ठभूमिका भएकाले नाम हेरफेर गर्ने कि भन्ने विषयमा छलफल चलिरहेको छ। विशेषतः मिश्रा र सन्हामाथि प्रश्न उठेको स्रोतले जनाएको छ। उनीहरूकै कारण अन्य मन्त्रीको समेत शपथ अन्योलमा परेको स्रोतको दाबी छ।

प्रकाशित: ६ असोज २०८२ ८:३४ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast