नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

हिमाल प्रेस २७ भदौ २०८२ १२:३० | Friday, September 12, 2025
नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले काठमाडौँ नयाँ बसपार्क। फाइल तस्बिर

काठमाडौँ- गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन्। गत सोमबार र मंगलबार जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्।

लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पंकज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए।

यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो।

हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन्। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए।

प्रकाशित: २७ भदौ २०८२ १२:३० | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast