नख्खु कारागारबाट भागेर बिहार पुगेका थिए चार विदेशी कैदी

हिमाल प्रेस २९ भदौ २०८२ २०:५४ | Sunday, September 14, 2025
नख्खु कारागारबाट भागेर बिहार पुगेका थिए चार विदेशी कैदी

धनुषा- जेलबाट फरार चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले पक्राउ पर्नेमा सबै विदेशी नागरिक रहेको जानकारी दिए।

पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको उनले बताए।

उनीहरू ‘जेनजी’ आन्दोलन चर्केपछि भदौ २४ गते नख्खु कारागारबाट भागेको खुलेको छ। उनीहरूलाई भारत विहारको बासोपट्टि क्षेत्रबाट पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २९ भदौ २०८२ २०:५४ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast