जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म बिहीबार साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि धनुषा जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको दफा ६को उपदफा (३ क), (६ क) र (६ ख) बमोजिम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी गरेको कार्यालयबाट जारी सूचनामा जनाइएको छ।
यसअघि बिहीबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी भएको थियो।
प्रकाशित: २६ भदौ २०८२ २०:१८ | Thursday, September 11, 2025
प्रतिक्रिया




