देशभरका फिल्म हल आजदेखि सञ्चालनमा

हिमाल प्रेस ३० भदौ २०८२ ८:३४ | Monday, September 15, 2025
देशभरका फिल्म हल आजदेखि सञ्चालनमा

काठमाडौ‌ँ- ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल आजदेखि खुलेका छन्।

आइतबार बसेको फिल्म भवन सञ्चालक तथा फिल्म वितरकको छाता संस्था नेपाल फिल्म संघको बैठकले दर्शक र फिल्म भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको फिल्म भवनबाहेक अन्य फिल्म भवन आजदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए। उनले भने, ‘सुरक्षालाई उच्च प्राथमिकता दिँदै हामीले फिल्म भवन सञ्चालनमा ल्याउन लागेका हौँ। अवस्था सामान्य भएसँगै हामी पनि सामान्य अवस्थमा फर्किन लागेका हौँ।’

अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र फिल्म भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताए। फिल्म ‘रिमै’, ‘मोहर’ लगायतका नेपालीसँगै केही विदेशी फिल्म दर्शकले हेर्न पाउनेछन्।

दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नेपाली फिल्म प्रदर्शन हुनेछन्। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा यही भदौ २४ गते भएको प्रदर्शनमा विराटनगरस्थित क्यूएफएक्स, बुटवलस्थित क्यूएफएक्स, गोंगबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्यूएफएक्समा क्षति पुगेको समेत संघले जनाएको छ ।

प्रकाशित: ३० भदौ २०८२ ८:३४ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast