देउवा दम्पतीको उपचार सेनाको अस्पतालमा हुँदै

हिमाल प्रेस २५ भदौ २०८२ १४:३३ | Wednesday, September 10, 2025
देउवा दम्पतीको उपचार सेनाको अस्पतालमा हुँदै

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको उपचार छाउनीस्थित सैनिक अस्पतालमा भइरहेको छ। जेनजीको प्रदर्शनकारीले घरमा नै पसेर बाहिर स्वागत गर्ने भन्दै कुटपिट गरेपछि उनीहरु गम्भीर घाइते भएका थिए। कुटपिटलगत्तै उनीहरुलाई सेनाको सहयोगमा छाउनी लगिएको थियो।

‘देउवा दम्पतीको स्वास्थ्य अवस्था खतरामुक्त छ। नेपाली सेनाको निगरानीमा दुवै जनाको उपचार भइरहेको छ,’ सैन्य स्रोतले भन्यो, ‘सेनाले अन्य घाइतेहरुलाई पनि यसरी नै आफ्नो निगरानीमा उपचार गराइरहेको छ।’

कतिपय नेताहरुलाई शिवपुरी, सैन्य मुख्यालय, उपत्यका पृतना, भक्तपुर खरीपाटी, भक्तपुरको सैनिक विद्यालय, सशस्त्रका कार्यालयलगायतमा राखेर सेनाले उनीहरुको जीउज्यानको रक्षा गरिरहेको छ।

मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित देउवा निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि कुटपिट गरेका थिए। अन्य नेताहरुको पनि निवासमा पसेर आगो लगाउने र नेतालाई कुटपिट गर्ने काम गरेका थिए। कैयन नेताहरु यस्ता प्रदर्शनकारी पुग्नु अगावै घरबाहिर पुगेर लुकेका थिए।

देउवा दम्पतीको शरीर रगताम्मे भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यस्तै अन्य नेताको पनि आवस्था नाजुक अवस्थाको भिडियोहरु बाहिर आइरहेको छ।

प्रकाशित: २५ भदौ २०८२ १४:३३ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast