त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण शैक्षिक गतिविधि स्थगित

हिमाल प्रेस २५ भदौ २०८२ १०:२७ | Wednesday, September 10, 2025
त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण शैक्षिक गतिविधि स्थगित घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- मुलुकभर फैलिएको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले शैक्षिक र प्रशासनिक गतिविधिहरु अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।

विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाद्वारा आज जारी गरिएको अत्यन्त जरुरी सूचनामा भदौ २७ गतेसम्मका लागि शैक्षिक निकायहरु अन्तर्गत हुने सम्पूर्ण शैक्षिक क्रियाकलाप तथा अस्पताल बाहेकका प्रशासनिक कार्यहरु बन्द गरिने उल्लेख गरिएको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण शैक्षिक निकायहरुको शैक्षिक क्रियाकलापहरु एवम् अस्पताल बाहेकका प्रशासनिक कार्य मिति २०८२ भदौ २७ गतेसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराइन्छ।’

यद्यपि, त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका अस्पतालहरु भने खुला रहनेछन् र त्यहाँको सेवा सुचारु रुपमै सञ्चालन हुनेछ।

प्रकाशित: २५ भदौ २०८२ १०:२७ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast