त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा हवाई उडान

हिमाल प्रेस २६ भदौ २०८२ १९:३५ | Thursday, September 11, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा हवाई उडान

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान नियमित रुपमा सञ्चालन भएको छ। सोमबार र मंगलबार पूर्णरूपले बन्द रहेको विमानस्थल बिहीबारदेखि नियमित रूपमा सञ्चालनमा आएको हो।

बुधबार अपराह्न साढे तीन बजेदेखि विमानस्थल सञ्चालनमा आए पनि आन्तरिक उडान हुन सकेको थिएन। यद्यपि विमानस्थल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान भने भएका थिए।

विमानस्थलको हालको उडान तालिकाभन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ। नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पु¥याइने जनाएको छ। यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ।

जेनजी पुस्ताका कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो।

विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ। साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ।

प्रकाशित: २६ भदौ २०८२ १९:३५ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast